अमेरिकामा पनि मनाईयो गौरा

अत्तरिया- अमेरिकाको विस्कान्सिन राज्यस्थित मिल्वाकी शहरमा गौरा पर्वको आयोजना गरिएको छ । गौरा सामाज विस्कान्सिनको आयोजनामा सोमबार मिल्वाकी शहरस्थित हिन्दु मन्दिर परिसरमा गौरा पुजन तथा देउडा कार्यक्रमको आयोजना गरिएको हो ।

वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीको आफ्ना आधादर्जन देउडा गीतमार्फत स्थानीय नेपालीहरुलाई मनोञ्जित गराएका थिए । गौरा सुदूरपश्चिमवासीले मनाउने प्रमुख चाड हो । विस्कान्सिन राज्यको मिल्वाकी शहरमामात्रै सय बढी सुदूरपश्चिमेली परिवारहरु रहेको आयोजक गौरा समाजका संयोजक बासुदेव जोशीले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

स्थानीय पण्डित जगदिश आचार्यले बिहान महिलाहरुलाई गौरामाताको पूजन गराएका थिए । गौरा पूजनपछि देउडा गायक जोशीले मनोरञ्जित पारेका थिए ।

ओ बाँझ झुमरेली बाज, झुम्के डालीमालगायत चर्चित देउडाहरुमा स्थानीय नेपालीहरुलाई झुमाएका थिए । झण्डै ६ घण्टा चलेको सांस्कृतिक कार्यक्रममा एनआरएनए विक्वान्सिनका अध्यक्ष राजकुमार हमाल, नेपाली कांग्रेस विश्व संञ्जालका अध्यक्ष विष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति विस्कान्सिनका अध्यक्ष राजेन्द्र ओझा (राजु), अमेरिकाका सल्लाहकार बासुदेव अधिकारी, नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष तिलक केसी, एनआरएनए विक्सान्सिनका उपाध्यक्ष भीमसेन थापा, युवा व्यवसायी तथा समाजसेवी डिल्लीराज फुलारा, मिल्वाकी नेपाली फुटबल क्लबका अध्यक्ष समिर फुयाँल, गौरा समाजका सदस्य अनिल विष्ट, व्यवसायीहरु हेमराज शर्मा, तर्क ओझा, लोकराज भट्ट, मानव अधिकारी तथा समाजसेवी नरेन्द्र रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

गौरा समाजले सन् २०१६ देखि निरन्तर रुपमा गौरा पूजन तथा देउडा कार्यक्रमको आयोजना गर्दै आएको समाजसेवी तथा व्यवसायी गोविन्द फुलाराले बताए । कार्यक्रममा उपस्थिति भई शोभा बढाई दिनुभएकोमा देउडा गायक जोशीलाई धन्यवाद दिदैँ फुलाराले परदेशमा हुने यस खाले सांस्कृतिक कार्यक्रमले संस्कृतिको जेगर्ना हुनुका साथै नेपालीहरुबीच भाईचारा र एकता कायम गर्न मद्दत मिल्ने बताए ।

Loading...