सबैको साथ सहयोगबाट मात्र कोभिड रोकथाम हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौँ, २३ साउन– प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि सुरु गरेको ‘नेपाल मास्क अभियान’ सन्दर्भमा उनले दिएको भिडियो सन्देशमा सरकारको एक्लो प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले यसमा सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिएका छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीको तेस्रो लहर छिट्टै हुने लक्षण देखिएको भन्दै यसप्रति सबै सजग र सचेत हुनुपर्ने बताए । उनले भिडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

Navadurga sun

प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्नुहुँदै भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबनुपानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड प्रयोग गर्न सबैमा आह्वान गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...