जंगलमा एक जनाको शव फेला

Dadeldhura hospital

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–५ सेउकलियाको जङ्गलमा आइतवार साँझ एक जनाको शव फेला परेको छ। कान्द्रा नदिदेखि एक सय ५० मिटर पश्चिमतर्फ सडिसकेको अवस्थामा शव फेला परेको प्रहरी इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउदले जानकारी दिए।

उनका अनुसार अस्थिपञ्जर मात्रै रही सहजै पहिचान गर्न नसकिने अवस्थामा रहेको शव जनप्रतिनिधिलगायतको रोहवरमा गाडिएको छ। शव पहिचानका लागि आवश्यक सामग्री सम्बन्धित निकायमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

 

Navadurga sun
Godawari sandesh
Loading...