अत्तरियामा रहेकाे सत्यवतीले कक्षा ११ मा बिज्ञान संकाय सन्चालन गर्ने





अत्तरिया, २३ साउन- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा रहेको सत्यवती एकेडेमीले यही शैक्षिक सत्र देखि कक्षा ११ मा बिज्ञान संकायमा कक्षाहरु सन्चालन गर्ने भएको छ । बिद्यालयले शनिबार अत्तरियामा बिद्यार्थी अभिभाबकको सहभागितामा छलफल कार्यक्रम गरेको हो ।



सोही अबसरमा बिद्यालयले बिज्ञान बिषय पढाउने शिक्षकहरुको परिचय समेत गराएको थियो । अत्तरिया क्षेत्रका बिद्यार्थीहरुलाई बिज्ञान बिषय अध्यन गर्न बाहिर जानुपर्ने वाध्यता पूणर् रुपमा अब हटने बिद्यालयका संस्थापक वीर बहादुर कडायतले बताएका छन् ।


कडायतका अनुसार बिज्ञान बिषय पढाउन बिज्ञ शिक्षकहरु छनौट गरिएको समेत बताए । सत्यवती एकेडेमी अत्तरिया क्षेत्रमा उत्कृष्ठ विद्यालयको रुपमा चिनाउन सफल भएको बिद्यालय हो । विद्यालयको आफ्नै भवन, सीसीटीभि क्यामरा जडानका साथै चारैतिर हरियाली बातावरणमा रहेको विद्यालय हो ।



