अमेरिकामा नेपाली नर्स हत्या प्रकरणः श्रीमानले नै बेडरुममा हत्या गरेर शव बेपत्ता पारेर कागजात अदालतमा पेश

अमेरिकामा बेपत्ता नर्स ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् नरेश दत्त भट्टले गरेको प्रहरीको दाबी छ । अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रतिष्ठित समाचार संस्था सीएनएनले उल्लेख गरेको छ ।

सीएनएनले प्राप्त गरेका ती कागजातमा घरकै बेडरुममा हत्या गरेको प्रमाण स्वरुप बेडरुम र बाथरुममा रगत देखिएको बताइएको छ ।
अदालतले नर्स ममताको शव लुकाएको आरोप भट्टलाई लगाएको छ। उनको घरमा खोजी वारेन्ट जारी गरेपछि बिहीबार भट्टलाई पक्राउ गरिएको थियो र शुक्रबार अदालतमा उपस्थित भएका थिए ।

Navadurga sun

भट्टको अभियोग पत्रमा उजुरीमा भनिएको छ, जुलाई ३०, २०२४ मा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए । भर्जिनिया निवासी ममता ३ हप्ताभन्दा बढी समयदेखि बेपत्ता छिन् ।

अनुसन्धानको क्रममा ममताको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फरेन्सिक प्रमाण बरामद भएको प्रहरीले जनाएको छ । नरेश पक्षका वकिलले हिंसाको इतिहास नरहेको भन्दै धरौटीमा छाड्नुपर्ने बताएका थिए । यथेस्ट प्रमाण समेत नरहेको दाबी गर्दै उनले जीपीएस निगरानीमा छाड्न सकिने दलिल पेश गरेका थिए ।

तर, न्यायाधीशले जेल विथआउट बेलु सदर गरे । आगामि सोमबार भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिइएको छ । प्रहरीले ममताको शव फेला पारेरनपारेको कुरा अझै प्रस्ट्याएको छैन । नेपाललाईभ बाट

ADD Khali jpg
Loading...