

धनगढी- कैलालीमा ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ३ जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।




पक्राउ पर्नेमा लागूऔषध मुद्दामा २ महिना २८ दिन कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका ७ बस्ने अनुष्का सिंह, वन मुद्दामा ८ हजार १२५ रुपैयाँ जरिवाना तोकिएका जानकी गाउँपालिका ८ बस्ने लालबहादुर चौधरी र वन मुद्दामा ५९ हजार १३६ रुपैयाँ जरिवाना तोकिएका टीकापुर नगरपालिका ९ बस्ने नमराज बुढा रहेका छन् ।




