कञ्चनपुरमा चोरी मुद्दामा फरार पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा चोरी मुद्दामा फरार रहेका भीमदत्त नगरपालिका १० बस्ने ५० वर्षका दौलत राम महर पक्राउ परेका छन् ।

महरलाई बिहीबार उनकै घर ठेगानाबाट पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार कञ्चनपुर जिल्ला अदालतको २०८१ जेठ २५ गतेको फैसलाले उनलाई चोरी मुद्दामा २ वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

Navadurga sun
Godawari sandesh
Loading...