कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन नभए मुलुक संकटमा फस्छ : गृहमन्त्री लेखक

जनकपुरधाम- गृहमन्त्री रमेश लेखकले संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन नभए मुलुक संकटमा फस्ने बताएका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

शुक्रबार जनकपुरधाममा जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक अस्थिरता, आर्थिक समृद्धि र शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील बनाउन कांग्रेस–एमाले मिलेको बताएका हुन्। कांग्रेस र एमाले पहिलोपटक मात्रै नमिलेको बताए। ‘कांग्रेस(एमाले पहिलोपटक मिलेको होइन। यसअघि पनि मुलुकमा भएका विभिन्न समस्यालाई सम्बोधन गर्दै अगाडि बढाउने काम भएको छ,’ गृहमन्त्री लेखकले भने ।

Navadurga sun
Godawari sandesh

गृहमन्त्री लेखकले ‘संसदमा कुनै पनि दलको बहुमत भएन। साना–साना दल मिलेर बनेको सरकार अस्थिर रह्यो। संघमा सरकार फेरिपछि सातै प्रदेशमा सरकार फेरिने परिपाटी बन्यो । त्यसैले कांग्रेस–एमाले मिलेर स्थिर सरकार बनाएका हौँ।

उनले १८ वर्षदेखि निष्कर्षमा पुग्‍न नसकेकीरहेको संक्रमणकालीन न्यायसम्बन्धी विषय कांग्रेस र नेकपा एमाले एकठाउँमा उभिँदा निष्कर्षमा पुर्‍याउन सफल भएको स्पष्ट गरे। गृहमन्त्री लेखकले छोटै समयमा समीकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रुपमा स्थायित्व नपाएकोले आफूहरूले विकल्प खोजेको पनि प्रष्ट पारे।

Couple
Loading...