सरकारले हटायो टिकटकमाथिको प्रतिबन्ध, मन्त्रालयमा सूचीकरण गर्नुपर्ने

काठमाण्डौँ- गत असोज २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध अन्ततः आईतबारबाट खुलेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगेको प्रस्तावमाथि छलफल गर्दै केही सर्तसहित मन्त्रिपरिषद्ले टिकटक खुलाउने औपचारिक निर्णय गरेको हो ।

यो निर्णयसँगै अब प्रतिबन्ध लगाइएको एप टिकटक सहज रुपमा चलाउन पाइने भएको छ । सञ्जालको सञ्चालन सम्बन्धी निर्देशिका–२०८० को दफा–३ अनुसार सामाजिक सञ्जाल सञ्चालनका लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने र ‘पोइन्ट अफ कन्ट्र्याक्ट’ पनि तोकिनुपर्ने सर्तसहित टिकटक खुलाइएको मन्त्री गुरुङले बताएका छन् ।

Navadurga sun

‘यो सामाजिक सञ्जालको सञ्चालनसम्बन्धी निर्देशिका–२०८० को दफा–३ अनुसार सामाजिक सञ्जाल सञ्चालनका लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने,’ गुरुङले भने, ‘त्यो सूचीकरण गर्दा सूचीकृत भएको सामाजिक सञ्जालको पोइन्ट अफ कन्ट्र्याक्ट पनि तोक्नुपर्ने ।’

टिकटकको सन्दर्भमा सामाजिक सञ्जालको सञ्चालनसम्बन्धी निर्देशिका–२०८० को दफा–३ अनुसार सूचीकरण गर्ने र कम्पनीसँग यसबारेमा सहमति हुने उनले बताएका छन् । सूचीकरण भइसकेपछि उपदफा ६ अनुसार पोइन्ट अफ कन्ट्र्याक्ट तोक्नुपर्ने प्राबधान रहेको उनले बताए ।

साथै, केही सर्तहरू राखेरमात्रै टिकटक खुलाउन दिइने सहमति भएको मन्त्री गुरुङले बताए । उनका अनुसार चारवटा बुँदामा टिकटकले नेपालमा गर्नुपर्ने सर्तहरू अघि सारिएको छ ।

एउटा, पर्यटन प्रबद्र्धनमा सहयोग गर्नुपर्ने । दोस्रो, डिजिटल साक्षरताका लागि काम गर्नुपर्ने । तेस्रो, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने । चौथो, नेपाली भाषा र मातृभाषाको प्रयोग नियमन गर्ने । जे कारणले टिकटक बन्द गरियो भन्ने भएको छ, त्यो हुन नसक्नेगरी भाषा मिलाउने ।

सरकारले प्रतिबन्ध लगाएपनि विभिन्न वैकल्पिक प्रक्रिया मार्फत टिकटक चलिरहेकै थियो । केही इन्टरनेट कम्पनीले पूर्ण रुपमा बन्द गराएपछि भीपीएन लगायतबाट टिकटक चलेको थियो । अब निर्वाध रुपमा चलाउन पाइने आम मानिसको आशा छ । कतिपयले बिहिबारबाट टिकटक चलाउने मिल्ने पनि भनिरहेका छन् ।

तर, सञ्चारमन्त्री गुरुङले भने नीतिगत रुपमा मात्रै खुला गरिएको दाबी गरे । ‘नीतिगत रुपमा त खुल्यो, केही दिनदेखि खुल्छ । टिकटक जस्तै अन्य सामाजिक सञ्जालले पनि पोइन्ट अफ कन्ट्र्याक्ट गर्नुपर्यो,’ उनको भनाइ थियो ।

टिकटक कहिलेबाट खुल्छ ? मन्त्रिपरिषद बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफमा उनले भनेका छन्, ‘अब सहमति गर्नुपर्यो नि । खुल्न चाहीँ खुल्यो ।’ सरकारले गत २०८० असोज २७ गने लागेको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...