कृष्णपुर नगरपालिकाद्वारा सामुदायिक विद्यालयलाई स्मार्ट टिभी लगायत प्रविधिमैत्री सामग्री वितरण

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाद्वारा सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन, कम्प्युटर, प्रिन्टर लगायत प्रविधिमैत्री सामग्री वितरण गरिएको छ ।

बिहीबार शिक्षा शाखाले एक कार्यक्रमको आयोजना गरी कृष्णपुर नगरपालिका भित्रका ३२ विद्यालयका बालबालिकाको निम्ति स्मार्ट टेलिभिजन वितरण गरेको हो । वितरण गरेको प्रविधिमैत्री सामग्री अन्तरगत कम्प्युटर १७ थान, प्रिन्टर कलर ३ ओटा, प्रिन्टर ब्याक, ह्वाईट १७ ओटा, युपिए १७ ओटा, प्रोजेक्टर ३ थान र स्मार्ट टिभी ३६ थान बितरण गरेको जानकारी कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बताए ।

Navadurga sun

६५ इन्च साइजमा टिभी लगायत अन्य सामग्री पालिका भित्र कक्षा संञ्चालन गर्दै गरेका विद्यालयमा स्मार्ट टिभी विद्यालयका प्रधानाध्यापकहरूलाई नगर प्रमुख ओझाले हस्तान्तरण गरे । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रविधिमैत्री, अध्ययनमा सहजता होस भन्ने हेतुले स्मार्ट टिभी उपलब्ध गराएको जनाएका छन ।

सामुदायिक विद्यालयका विद्यार्थीलाई सूचना प्रविधिमैत्री ढंङ्गले पठनपाठनका लागि पहिलो प्राथमिकतामा राखेर नगरभित्रका ३२ वटा सामुदायिक विद्यालयलाई ३६ ओटा स्मार्ट टिभी जडानका लागि हस्तान्तरण गरिएको नगरप्रमुख हेमराज ओझाले बताए ।

त्यसैगरी नगरपालिकाका आइटी शाखा प्रमुख मदनराज पाण्डेयले विद्यार्थीको सिकाइ उपलब्धि हासिल गर्न सामुदायिक विद्यालयलाई स्मार्ट टिभी वितरण सँगै पछिल्लो चरणमा सबै विद्यार्थीले समय अनुकुल सक्षम बनाउनका लागि विद्यालयमै प्रविधिमैत्री सामग्री बितरण गरेको बताएका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...