पश्चिम सेतीको डीपीआर बनाउन बोलपत्र आह्वान

काठमाडौं- भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ ।

एनएचपीसीको काठमाडौं स्थित शाखा कार्यालयले आज सार्वजनिक सूचना जारी गरी नेपाली कम्पनीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बोलपत्र पेस गर्ने म्याद आगामी सेप्टेम्बर ११ तारिख अर्थात् भदौ २६ गतेसम्म छ ।

Navadurga sun

जलाशययुक्त ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना डोटी जिल्लामा बन्ने छ। चिनियाँ कम्पनी थ्री गर्जेजसँगको सम्झौता तोडिएपछि अलपत्र पारेको पश्चिम सेती आयोजना तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एनएचपीसी इण्डियालाई दिएको थियो ।

लगानी बोर्डले २०७९ सालको भदौ महिनामा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र एनएचपीसीलाई दिएको थियो । सोही वर्षको माघ महिनामा एनएचपीसी इन्डिया लिमिटेडले पश्चिम सेती जलविद्युत आयोजनाको प्रारम्भिक (इन्सेप्सन) प्रतिवेदन लगानी बोर्डलाई बुझाएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...