कैलालीको गेटा अस्पतालमा अप्रेसन सेवा शुरु

अत्तरिया- गेटा अस्पतालले आज (मंगलबार) देखि अप्रेसन सेवा सुरु भएको छ । औपचारिक रूपमा बिरामी भर्ना गरेर उपचार शुरु गरेको एक सातापछि अस्पतालले अप्रेसन सेवा थप गरेको हो ।

अस्पतालका निर्देशक डा. विप्लव सापकोटाले भदौ ४ गतेदेखि अप्रेसन सेवा पनि शुरु गर्न लागिएको बताए । अप्रेसन गरेपछि बिरामीहरू भर्ना गर्नु पर्ने हुनाले ईन्डोर वार्डमा स्वास्थ्यकर्मी खटाई सकेको निर्देशक सापकोटाले बताए ।

Navadurga sun
Godawari sandesh

गेटा अस्पतालले साउन ३२ गते देखि औपचारिक रूपमा बिरामी भर्ना शुरु गरेको हो । अस्पतालमा परीक्षण भने पहिलेदेखि नै भैरहेको थियो । गेटा अस्पताल एक सय शैयाको स्वीकृत अस्पताल हो । शल्यक्रिया सेवा र अब बिरामी भर्ना शुरु हुनेछ । अहिले महिला र पुरुष गरी दुई वार्ड सञ्चालन हुनेछन ।

एक सय बेड सञ्चालनका लागि भदौ मसान्तसम्म लाग्ने निर्देशक डा. सापकोटाले बताए । ‘आईसीयु पुरै सेटअफ भइसकेको छैन । पोस्टअपआईसीयु गरी ४० बेड तयार हुदैछन्, आईसीयु सुचारु हुने बित्तिकै जटिल प्रकारका शल्यक्रिया पनि सुरु हुन्छन’ डा. सापकोटाले भने ।

Dadeldhura hospital

आईसीयू जडानको काम सकिने बित्तिकै इमर्जेन्सी वार्ड पनि सञ्चालन गर्ने र त्यसपछि अस्पतालको सबै सेवा सुचारु हुने उनले बताए । बिरामी भर्ना हुनका लागि इमर्जेन्सी सेवा प्रमुख हो । तर इमरजेन्सीमा आएको ब्यक्तिलाई आईसीयुमा राख्नुपर्ने अवस्था आएमा, आईसीयु सेटअप भई नसकेकाले इमर्जेन्सी सेवा सुचारु गर्न नसकिएको निर्देशक सापकोटाले बताए ।

‘इमर्जेन्सी वार्ड तयार छ, इमर्जेन्सी नजिकै अध्याधुनिक अप्रेसन थिएटर पनि सेटअप भइसक्यो’ उनले भने । उनले कार्तिकदेखि पूर्ण रुपमा सञ्चालनमा आउने बताए । उनले दैनिक ओपीडीमा ३५ देखि ४० जना सम्म चेकजाँचका लागि आउने गरेको बताए । अस्पताल भवन सहितका ६ भवन प्रयोग गर्न अनुमति पाएको उनले बताए ।

स्वीकृत एक सय ४१ को दरबन्दीमा अहिले ७१ जना मात्रै कार्यरत छन् । त्यसमा पनि स्थायी स्वास्थ्यकर्मी र कर्मचारीको संख्या २३ जना मात्रै रहेको छ । गेटा अस्पतालमा ओपिडीका साथै भिडियो एक्सरे, एक्सरे, ईन्डोस्कोपी, फिजियोथेरापी, प्रयोगशाला र फार्मेसी सेवा सुचारु भइसकेका छन् । प्रयोगशाला र फार्मेसी सेवा चौबिसै घण्टा सुरु भएको अस्पतालले जनाएको छ । आईसीयुको उपकरणहरुको खरिद सम्झौता भइसकेको छ । भदौभरीमा आईसीयु सेटअप गर्ने तयारीमा अस्पताल लागेको छ ।

गेटा अस्पताल तीन सय शैय्यामा चलाउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको अस्पतालले जनाएको छ । मन्त्रालयले स्वीकृत दिनेबित्तिकै तीन सय शैयामा अस्पताल चलाउने तयारी थालिएको हो ।

२०८० को कार्तिक भित्र एमसीएच क्लिनिक सुरु गर्ने, मंसिर महिनाभित्र खोप सेवा र अन्तरंग सेवा सुरु गर्ने, पुषभित्र ईमरजेन्सी र प्रसुती सेवा सुरु गर्ने भएको थियो । तर तोकिएको समयमा केही पनि सुरु भने हुन सकेन। २०८० को चैत महिनाभित्र शल्यक्रिया सेवा र बैशाखभित्र आईसीयु र एनआईसीयु सेवा सञ्चालन गर्ने अस्पतालले जनाएको थियो । तर अहिलेसम्म सञ्चालन भने हुन सकेको छैन् ।

गेटामा ६ सय शैय्या क्षमताको अस्पताल भवन, कलेज भवन, चिकित्सक आवास, नर्सिङ आवास, विद्युत गृह, खानेपानी, पक्की सडक, प्रशासनीक भवन गरी झण्डै झण्डै सात संरचना निर्माण भइसकेका छन् ।

Loading...