चीन र भारतसँग सुदूरपश्चिमको व्यापारीक सम्वन्ध बढाउन ड्राइपोर्टसँगै अध्यागमन कार्यालय खोल्ने तयारी

धनगढी- चीन र भारतसँग सुदूरपश्चिम प्रदेशको व्यापारिक सम्वन्ध बढाउन सडक, सुक्खा बन्दरगाह र अध्यागमन कार्यालय खोल्ने तयारी भइरहेको छ ।

दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी भइरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । जिल्लाको व्यास गाउँपालिका स्थित तिंकरमा सरकारले दुई महिना भित्र अध्यागमन कार्यालय खोज्ने काम गृह मन्त्रालयले अन्तिम चरणमा पुगाएको गृहमन्त्री लेखकले बताएका हुन् ।

Navadurga sun

चीन र भारतसँग सुदूरपश्चिमको व्यापारीक सम्बन्ध बढाउन सरकारले काम गरिरहेको उनले बताए । चीन र भारतलाई जोड्न सडक निर्माण, सुक्खा बन्दरगाह (ड्राइपोर्ट) र अध्यागमन कार्यालय खोल्ने कामलाई अगाडि बढाइएको उनको दाबी छ ।

महाकाली करिडोर र सेती लोकमार्ग तलगायतका महत्वपूर्ण लोकमार्गको निर्माणलाई अगाडि बढाएर भारतका साथसाथै चीनसँग यातायातलाई जोड्ने योजना छ। दुई महिना भित्र तिंकरमा अध्यागमनको कार्यालय स्थापना गर्ने र तिंकरबाटै नेपाली र विदेशीहरूलाई सहजता पूर्वक मानसरोवर कैलाश जाने बाटो अगाडि बढाउने कार्यक्रम अघि सारेको उनको भनाई छ ।

सरकारले सुदूरपश्चिमबाट भारत र चीन जोड्ने योजना अगाडि सारेको गृहमन्त्री लेखकले बताए । भारत संसारकै उदयीमान अर्थतन्त्र भएको र चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको मित्रराष्ट्र भएको र सुदूरपश्चिमको भूगोल दुवै देशका महत्वपूर्ण ठाउँहरूबाट सबै भन्दा नजिक पर्ने भएकाले नेपालमा यातायात लगायतका व्यवस्था थप गर्न लागिएको उनको भनाई छ ।

सुदूरपश्चिमबाट चीन र भारतसँग व्यापारिक सम्बन्ध विस्तारको लागि काम भइरहेको लेखको दाबी छ । त्यस्तै कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको उनले बताए । बन्दरगाह सञ्चालनमा आएपछि सुदूरपश्चिमबाट भारतसँगको व्यापारिक सम्बन्ध स्थापना हुने गृहमन्त्री लेखकको भनाई छ ।

ADD Khali jpg
Loading...