अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-८ मा तीज महोत्सव हुने भएको छ । “कला संस्कृतिको जोगेर्ना हाम्रो चाहना“ भन्ने मूल नाराका साथ वाईएन प्रोडक्सन र ऐजे डान्स स्टुडियोको संयुक्त आयोजनामा गोदावरी नगरपालिका-८ मा स्याउले बजारको विश्वनाथ शिव मन्दिरको प्राङ्गणमा तीज महोत्सव हुने भएको आयोजकले जनाएको छ ।



यही भदौ २० र २१ गते आयोजना गरिने भएको महोत्सवमा विभिन्न कलाकारको बेजोड प्रस्तुती हुने जनाइएको छ ।

साथै स्थानीय कला संस्कृतिको झल्को दिने खुला महिला नृत्य प्रतियोगिता गरिएको जनाइएको छ । उत्कृष्ट नृत्य गर्ने महिलालाई विशेष पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।