आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

अत्तरिया- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज (सोमबार) मनाइँदैछ । जनैपूर्णिमा हिन्दु धर्मावलम्बीहरूले सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधी नलागी सँधै सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन् ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

Navadurga sun

आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्‍ठ र विश्वामित्रलाई तर्पण दिने भएकाले यस दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ ।

तराइमा आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँधीदिने चलन छ । तर, पछिल्लो समय पहाडमा समेत दिदीबहिनीहरूले भाईहरुका बाँध्ने गरेका छन् । नेवार समुदायले भने यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनेर मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाई पकाइएको क्वाँटी खाएर मनाउने गर्दछन् ।

यस दिन उपत्यकाका किसानले आ–आफ्ना खेतमा गएर भ्यागुता पूजा गरेर सिमीको पातमा क्वाँटी भात खुवाउने चलन रहेकाले यस पर्वलाई ‘ब्याँ जा नकेगु’ (भ्यागुतालाई भात खुवाउने) भन्ने पनि गरिन्छ । ‘रुद्रयामलतन्त्रे महादेव वचन’ का अनुसार प्राचीनकालमा श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्ण राक्षस नेपालमा प्रवेश गरी मानिसको संहार गर्न खोज्दा एउटा भ्यागुताले त्यस राक्षसलाई मार्ने उपाय बताई संहार हुनबाट बचाएकाले जनैपूर्णिमाका दिन उनीहरूले गरेको गुन सम्झी त्यसरी भात खुवाई कृतज्ञता ज्ञापनस्वरुप सो यस कार्य गर्ने गरिएको पौराणिक कथन छ ।

जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...