अत्तरियाबाट हराएकी ५५ वर्षीया महिला भेटिईन

धनगढी- कैलालीको अत्तरियाबाट हराएकी महिला फेला परेकी छन । शनिबार बिहानै गोदावरी नगरपालिका  २ राधाकृष्ण टोलबाट हराएकी ५५ वर्षीया महिला खिमडी साउँद फेला परेकी हुन ।

उनलाई शनिबार साँझ करिब साढे ४ बजेतिर नगरपालिकाकै वडा नं। ६ लालपुरतिर फेला पारेको आफन्त शंकर साउँदले जानकारी दिए ।

Navadurga sun

उनका अनुसार उक्त समयमा वडा नं. ६ स्थित कोलिकटान तिर पैदल हिँडिरहेकी उनलाई स्थानीय एक जना अटो चालकले देखेका थिए । उक्त अटो चालकले आफन्तहरूलाई खबर गरेपछि उनलाई शनिबार नै फेला पार्न सफल भएको साउँदले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...