सुदूरपश्चिम बालविवाह निवारण परियोजना छलफल कार्यक्रम कैलालीकाे चुरेमा सम्पन्न

अत्तरिया- सुदूरपश्चिम बालविवाह निवारण परियोजना छलफल कार्यक्रम कैलालीकाे चुरे गाउँपालिकामा सम्पन्न गरिएको छ । शुक्रबार निष्ट नेपालको सहयोगमा  उक्त  छलफल कार्यक्रम चुरे गाउँपालिकामा सम्पन्न गरिएको हो ।  

छलफल कार्यक्रम चुरे गाउँपालिका अध्यक्ष  चक्र बहादुर बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धना थापा प्रमुख अतिथि रहेकी थिइन् । उक्त कार्यक्रममा वडाका वडा अध्यक्षहरू,  समाजसेवी, युवा क्लबका पदाधिकारी,  बुद्धिजीवी, चुरे गाउँपालिका भित्रका  उपस्थित रहेका थिए । 

Navadurga sun

कार्यक्रममा बोल्दै चुरे गाउँपालिका अध्यक्ष बोगटीले चुरे गाउँपालिका भित्र हामी बालविवाह न्यूनीकरण सम्बन्धी बजेट छुट्याएर जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताए । 

विभिन्न किसिमका प्रशिक्षण कार्यक्रम गर्दै आयका छौ उनले भने । हामी रोजगारीका लागि महिलाहरूका लागि सिलाइ कटाइ मेसिन नि दिने प्रतिबद्धता जनाउनु भएको छ ।  हामी निर्वाचित भएर आइसके पछि महिलाको हक हितका लागि काम गर्दै आयको बोगटीले बताए । बालविवाह छाउपडी, लागूऔषधका विषयमा पनि हामी जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताए।

‘महिलाहरूका लागि आफू ले आयआर्जनका कामहरूमा अगाडि बढाएका छौ ।’ उनले भने, ‘कृषिमा लागेका महिलाहरूका लागि अनुदान, प्रोत्साहन समेत गरेका छौ ।’  उक्त कार्यक्रमको सञ्चलन निष्ट नेपाल सामाजिक परिचालक लक्ष्मी कुमारी लुहार गरेकी थिइन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...