कञ्चनपुरमा ५ किलो चरेस सहित २ जना पक्राउ


अत्तरिया- कञ्चनपुरमा प्रहरीले ठूलो मात्रामा चरेस बरामद गरेको छ। लागूऔषध व्युरो शाखा कार्यालयका प्रमुख वरिष्ठ सई केशव जोशी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट सई सुशील चन्दको कमाण्डमा खटिएको टोलीले उक्त चरेस बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार टोलीले शनिबार बिहान ५ केजी चरेससहित २ जनालाई पक्राउ गरेको हो । साथै उनीहरूबाट २ थान मोबाइल पनि बरामद भएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रहरीका अनुसार भीमदत्त नगरपालिका-३ ब्रहमदेव हाईवे क्षेत्रबाट वडा नम्बर ६ सुकासाल बस्ने ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैया बस्ने ३७ वर्षीय सुरेश सुनारलाई पक्राउ गरिएको हो ।

प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शिवराजलाई शंकास्पद रुपमा पहेलो रातो जेब्रा झोला दाहिने हातमा बोकेर पैदल हिँडिरहेको अवस्थामा समातेको जनाएको छ ।

त्यसपछि उनलाई चेकजाँच गर्दा जेब्रा झोलाभित्र प्लास्टिकमा बेरि लुकाई राखेको अवैध चरेस फेला परेको हो। अहिले उनीहरू दुबै जनालाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको छ ।

Loading...