

काठमाडौँ- एक महिनादेखि पशुपतिनाथ क्षेत्रमा सञ्चालन भएको ‘कोटिहोम’ धार्मिक कार्यक्रमको अन्तिम दिन तनाव भएको छ । शुक्रबार राति समापन हुँदै गर्दा सोधपुछका लागि पुगेका सादा पोशाकका प्रहरी र आयोजक पक्ष बिच झडप भएको हो ।



कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई प्रहरीले पक्राउ गर्न खोज्दा कोटिहोम तनावग्रस्त बनेको बताएको छ ।


विजयकृष्ण बोल्दै आफू गिरफ्तार भएको भन्दै आन्दोलन गर्न आदेश दिएका थिए । लगत्तै उनका समर्थकले प्रहरी र सरकार विरुद्ध नाराबाजी गरेका थिए । समर्थकले निरन्तर हुलहुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भएको थियो ।