धनगढी विमानस्थलमा पार्किङ शुल्क वृद्धि गरेपछि मजदूर सङ्गठनको विरोध

अत्तरिया- धनगढी विमानस्थलमा पार्किङ शुल्कमा वृद्धि भए पछि यातायात क्षेत्रका मजदूरहरु आक्रोशित भएका छन ।

धनगढी विमानस्थलको पार्किङ शुल्कमा भारी वृद्वि गरिएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण विमानस्थल सेवा शुल्क २०७८ को नियम ७ सँग सम्बन्धित भन्दै विमानस्थलले नयाँ पार्किङ शुल्कको सूची सार्वजनिक गरेपछि सो शुल्क घटाउनु पर्ने माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन सुदूरपश्चिमले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई शुक्रवार ज्ञापन पत्र बुझाएका छन् ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी नेपाली कांग्रेस र नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दल र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई पनि ज्ञापन पत्र बुझाए । भदौ १ गते देखि लागू हुने भन्दै पार्किङ शुल्क संकलन गर्ने ठेक्का पाएको कुलेमष्ट कन्स्ट्रक्सनले नयाँ–नयाँ पार्किङ शुल्क सार्वजनिक गरेको छ ।

Dadeldhura hospital

जस अनुसार मोटरसाइकल, स्कूटर र रिक्साको प्रतिघण्टा २० रूपियाँ र प्रतिदिन १२० रूपियाँ, कार, जिप, टेम्पो, लिमोजिनको प्रतीघण्टा ४० र प्रतिदिन २४० रूपियाँ, हल्का सवारीसाधन मिनी बस, माइक्रो बसको प्रतिघण्टा ६० र प्रतिदिन ३६० रुपियाँ, बस र ट्रकको प्रतिघण्टा ९० र दिनको ५४० रूपियाँ निर्धारण गरिएको छ ।

विगतमा विमानस्थलमा पार्किङ शुल्क बापत न्यूनतम १० देखि २० रूपियाँसम्म सङ्कलन गरिँदै आएकोमा एक्कासी वृद्वि गरिएपछि नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन सुदूरपश्चिम लगायतका सङ्गठनले विरोध गरेका हुन् ।

सङ्गठनका प्रदेश अध्यक्ष ललित चन्दले आफूहरुले सरोकारवाला पक्षलाई भेटेर विमानस्थलले निर्धारण गरेको शुल्कले यातायात मजदुरको ढाड सेक्ने भएकाले विगतकै शुल्क निर्धारण गर्न माग गरिएको बताए । उनले १५ दिन भित्र माग सम्बोधन नभए विमानस्थल भित्र पार्किङ गर्न बाध्य नहुने बताए ।

उनले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत समेत पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाइएको बताए । कुलेमष्ट कन्स्ट्रक्सनका मनिष कुँवरले देशभरका विमानस्थलमा नयाँ पार्किङ शुल्क तय गरेर पार्किङ शुल्क बढाइएको बताउँदै सो विषयमा संघीय सरकारले निर्णय परिवर्तन गर्न सक्ने तर आफूहरुले नसक्ने बताए ।

Loading...