अत्तरियामा जुस सेन्टर माथि प्रहरीको दुर्व्यवहार

अत्तरिया- गोदावरी नगरपालिका अत्तरियामा प्रहरीले उद्यमी युवाहरु माथि दुर्व्यवहार गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाबाट मंगलबार राति डिउटीमा खटिएको प्रहरी टोलीले एक जुस सेन्टरमा पसल बन्द गराउने क्रममा युवाहरु माथि तथानामा बोलेर दुर्व्यवहार गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी सहायक निरीक्षक (असई) दिपेन्द्र बिष्ट नेतृत्वको प्रहरी टोलीले तथानामा बोलेर दुव्र्यवहार गरेको युवाहरुले बताएका छन् ।

अत्तरियामा रहेको थ्रिडिभिएल क्रियशन बहुउद्देश्यीय सहकारीले अत्तरियाकै लोटस गल्लीमा थ्रिडिभिएल जुस सेन्टर सञ्चालन गरेको छ । उक्त जुस सेन्टर थ्रिडिभिएलकै केही युवाहरुले सञ्चालन गरिरहेका छन् । राति पसल बन्द गर्ने बेलामा भ्यान सहित आएको प्रहरी टोलीले पसल बन्द गर भनेको तर आफुहरु खानाखाईरहेकाले एकछिनमा बन्द गर्छु भन्दा यिनिहरुलाई गाडिमा हाल भन्दै तथानाम बोलेर दुव्र्ययवहार गरी गाडिमा जवरजस्ती हाल्न खोजेको जुस सेन्टरमा कार्यरत क्षितिज साउदले बताए ।

Navadurga sun
Godawari sandesh

‘हामी पसलमा सरसफाई देखि सबैकाम सकेर बन्द गर्ने बेला सवा १० बजे पसलकै अगाडि बसेर थ्रिडिभिएलकै हामी चार जना खाना खादै थियौ’ साउदले भने ‘त्यहि समयमा प्रहरीको भ्यान आयो भ्यान रोकेर पसल बन्द गर यति राति सम्म के हो यो भनेर भन्यो, हामी खाना खादै थियौ खाईसकेपछि एक छिनमा बन्द गर्छौ भनेर भन्दा त्यहीबेला प्रहरी भ्यानबाट ओर्लेर बन्द गर्छौ कि गाडिमा हालेर लगौ भनेर दुव्र्यवहार गर्न थाले, खान लागेको खाना समेत थालमै रह्यो ।’

Dadeldhura hospital

प्रहरीसंग आफुहरुले त्यस्तो गलत केही नबोलेको तर उनीहरुले तथानामा बोलेर दुव्र्यवहार गरेपछि हामीले के अपराध गर्यो तपाईहरु हामि माथि यसरी दुव्र्यवहार गर्दै हुनुहुन्छ भनेर सवालको जवाफ भने दिएको अर्का जुस सेन्टरमा कार्यरत युवा चित्र साहुँले बताएका छन् । ‘एकजना प्रहरी जवानले बन्दुक देखाउदै हान्दीन्छु भने, पटक–पटक बन्दुक तल माथि गरिरहे अर्का प्रहरीले नगर भनेर बन्दुक हातबाट खोसाखोस पनि भयो, फेरी अर्का प्रहरीले तिमिहरु धेरै नबोल अहिले भित्र हालेर मुद्धा लगाछौ समेत भने, तर हामिहरुले त्यस्तो कुनै अपराध गरेनौ जस्तो उनीहरले हामिमाथि तथानमा बोलेर दुव्र्यवहार गरे’ साहुले भने ।

जुस सेन्टरकै अगाडि सटरमा आफुहरु राति सुत्ने भएकाले पसलमै खाना पकाएर खाने गरेको उनले बताए । लगत्तै ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव निरीक्षक (सहि) दिपमान धामी नेतृत्वको प्रहरी टोलीको आर्को भ्यान समेत आएको थियो । तथानाम बोलेर अटेरी गरेको भन्दै प्रहरीले थ्रिडिभिएल क्रियशन बहुउद्देश्यीय सहकारीका कर्मचारी डबल साउँदलाई भने भ्यानमा हालेर चौकिमै लगेका थिए । तर, थ्रिडिभिएल जुस सेन्टरका कर्मचारीका अनुसार तथानाम बोलेर दुव्र्यवहार गर्दै डबललाई चौकि लगेको थियो ।

प्रहरीले यस क्षेत्रमा शान्ति सुरक्षा दिने र यहाँ भएका विभिन्न अपराधिक घटनाहरुलाई नियाल्ने अनुसन्धान गर्ने हो तर युवाहरुले आफ्नै स्वदेशमा केही गरेर खादा पनि किन अत्तरिया बजारमा प्रहरीले यस्तो व्यवहार गरेका भनेर युवाहरुले गुनासो गरेका छन् । लामो समयदेखि सामाजिक संस्था थ्रिडिभिएल क्रियशनमा आबद्ध रहेर आफुहरु विभिन्न सामाजिक कार्यदेखि सिपमुलक कामहरु गर्दै आईरहेको थ्रिडिभिएल क्रियशन बहुउद्देश्यीय सहकारीका अध्यक्ष दिपक ओझाले बताए । उनले देशमै केही गरौ भन्दा यसरी नेपाल प्रहरी जस्तो संगठनका कर्मचारीले दुव्र्यहार गर्नु निन्दनिय कार्य रहेको बताएका छन् । दारुको भट्टी पसल जस्तै एउटा जुसको पसलमा खानाखाएर बन्द गर्ने क्रममा प्रहरीले यस्तो हर्कत गर्नु उचित नभएको उनले बताए ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगाबहादुर थापाले राति १० बजेको समयमा अत्तरिया बजारमा सबै पसलहरु बन्द हुने र नभएका पसलहरु प्रहरीले बन्द गराउने गरेको बताए । सोही क्रममा मंगलबार राति लोटस गल्लीमा रहेको जुस सेन्टर १० बजेपछि पनि खुलै रहेकाले प्रहरीले बन्द गर भन्दा प्रहरीसंग नै बोल्न थालेपछि प्रहरीले भ्यानमा हालेर चौकि लगेका डबल साउँदलाई सम्झाई बुझाई गरेर छोडेको हो ।

Loading...