अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले २ बर्षमा सहर देखि ग्रामिण बस्तीसम्म स्वास्थ्य सेवा विस्तार गरेको छ । नगर प्रमुख विरेन्द्र भट्टको नेतृत्वले २ वर्षे कार्यकालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ।
गोदावरी नगरपालिका सुगुम पालिकाका भए पनि केही वडा पहाडी क्षेत्र सँगै दुर्गम भेगले ओगटेको छ । नगको वडा न. १२ र ४ का जनतालाई स्वास्थ्य सेवा दिनका लागि पालिकाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा केन्द्र, बर्थिङ सेन्टरको स्थापना गरेको छ । त्यसले गर्दा पछिल्लो समयमा प्राथमिक उपचार देखि स्वास्थ्य उपचारमा सहयोग पुगेको स्थानीयहरु बताउने गरेका छन् ।
पालिका भित्र १ सय ४४ जना स्वास्थ्य कर्मचारीले सवै वडा र पालिकाबाट जनतालाई सेवा दीईरहेको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । ‘सुँगम वडा त सुँगम नै छन् । दुर्गममा समेत स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ । त्यसै अनुसार कामहरु पनि भईरहेका छन्’ उनले भने ।
गोदावरी नगरपालिकाको मातहतमा १५ सय्याको मालाखेती अस्पताल रहेको छ । पालिका भित्र नै ६ वटा बर्थिङ सेन्टर, ७ वटा सुरक्षित प्रसुती केन्द्र, र १७ ओटा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना भएका छन ।
विभिन्न वडा तथा पालिका भित्र ५५ वटा मात्र दरबन्दी रहेको अवस्थामा ५० जना करार कर्मचारी र अन्य फजिल कर्मचारी ३९ गरी १ सय ४४ स्वास्थ्य कर्मचारीले सेवा दिदै आएका छन । स्थानीय तहको निर्वाचनपछि गोदावरी नगरपालिकाको दोस्रो नगर प्रमुख विरेन्द्र भट्ट आए सँगै पछिल्ला दुई वर्षको अवधिमा नगरको स्वास्थ्य संरचना निर्माण, जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल भएको उनले बताए ।
‘पछिल्लो समय स्वास्थ्य सेवा महँगो र विपन्न समुदायको पहुँचभन्दा बाहिर गइरहेको छ, उनले भने, ‘सामान्य घाउँ खटिरा आउँदा पनि उपचार गर्न जाँदा ठूलो रकम खर्च हुने अवस्था छ, पैसा नभएर रोग पालेर बस्नुपर्ने बाध्यता छ, त्यसैले पनि हामीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै विपन्नको स्वास्थ्य बिमा, सरकारी स्वास्थ्य केन्द्रहरुको स्तरोन्नती र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छौं ।’
नगरपालिकाले स्वास्थ्य सेवाको स्तरोन्नतिका साथै नगर पालिका भित्र रहेको मालाखेती अस्पतालको स्तर बृद्धीका लागि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको हो । स्थानीय सरकारले आफ्नो स्रोत साधनले धानेसम्म जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइरहेका जनाएको छ ।
‘नियमित स्वास्थ्य कार्यक्रम सञ्चालन देखि जनतालाई पत्यक्ष रुपमा सेवा दिनका लागि हामीले योजनाबद्ध रुपले पूर्वाधार, उपकरण व्यवस्थापन र जनशक्ति परिचालन गरेर स्वास्थ्य क्षेत्रको विकासमा जोड दिएको छ’ नगर प्रमुख बिरेन्द्र भट्टले भने ।
नगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले कोभिड महामारीकै बीचमा पनि स्वास्थ्यका समग्र सूचक सकारात्मक देखिएको बताए । ‘नियमित कार्यक्रम, खोप अभियान देखि विभिन्न वडा तथा बिकट बस्तीमा बिभिन्न खाले स्वास्थ्य शिविर संचालन गरेर लुकाएर राखेको रोगलाई पहिल्याई सफल उपचार गर्नमा सहयोग पुगाएको छ ।’ जनतालाई प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा स्वास्थ्य केन्द्र र नगरपालिकाको स्वास्थ्य शाखामार्फत प्राथमिकताको आधारमा लगाउने गरिएको छ ।
स्वास्थ्यलाई ध्यानमा राखेर नगरमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरेको छ । दुर्गम भेगको स्वास्थ्य संस्थामा परिवार नियोजनको लामो अवधिको साधन सेवा विस्तार गरिएको छ । समय–समयमा बन्ध्याकरण शिवीरको आयोजना गरिएको लगायत पटक–पटक विभिन्न शिविरहरु समेत सञ्चालन गरिएका छन् ।