सुदूरपश्चिम प्रदेशमा १ पालिका उपाध्यक्ष सहित ४ वडाध्यक्षको पदका लागि चुनाव हुँदै

सुदूरपश्चिममा एक गाउँपालिकाका उपाध्यक्ष सहित चार वडाध्यक्षको पद रिक्त छ। निर्वाचन आयोगका अनुसार बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकामा उपाध्यक्षको पद रिक्त छ।

बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहुँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको पद रिक्त छ। निर्वाचन आयोगले मङ्गलवार विज्ञप्ति जारी गर्दै २०७९ वैशाख ३० गतेको निर्वाचनमा निर्वाचित भएका पाँचवटा पद रिक्त रहेको जनाएको छ।

Navadurga sun

निर्वाचन आयोगले आगामी मङ्सिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ ।

आयोग पदाधिकारीले प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेटेर स्थानीय तहका रिक्त पदको उपनिर्वाचन तयारी बारे छलफल गरेका छन् । प्रधानमन्त्रीले मंसिरमा स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गराउन उपयुक्त हुने सुझाव दिएपछि सोही अनुसार आयोगले काम अगाडि बढाउने भएको छ ।

छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया सहित आयुक्तहरू सहभागी थिए । सुदूरपश्चिममा उपाध्यक्ष सहित ५ पद रिक्त हुँदा देशै भरी कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ पद रिक्त रहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...