कैलालीबाट एकै दिन १० लाख बढीका सामान बरामद

कैलाली- कैलालीबाट एकै दिन १० लाख बढीका सामान बरामद गरिएको छ । जिल्लाको धनगढी–२ ट्राफिक चौराहा, धनगढी–३ मिलन चोक, धनगढी–१७ पटेला, टीकापुर–९ खैरीपुर, भजनी–९ पहलवान र गन्जहुवाको जंगलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १० लाख ५७ हजार ५६७ मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त स्थानबाट चिनी, खाने तेल, बिडी, सुर्ती, भाँडाकुँडा, कस्मेटिक समान, किराना समान, सुटपिस सारी, राधे राधे गम्छा, चेक गम्छा, सादा गम्छा, टिकटक कुर्ती, कुर्ती, धोती, मोबाइलका बिभिन्न पार्ट पुर्जाहरु, टर्च लाईट, पावर बैंक, साइकल लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनााएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...