

अत्तरिया- कैलालीको अत्तरियामा रहेको एक जुस सेन्टरमा कार्यरत कर्मचारी माथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लागेको छ ।


राती खाना खाने बेला गोदावरी-१ लोटस गल्लीमा रहेको थ्रीडिभिएल जुस सेन्टरमा आएका प्रहरीहरूले कर्मचारीलाई धम्काउँदै जबर्जस्ती बन्द गराउन खोजेको संचालक दिपक ओझाले बताए ।



उनले भने,’ प्रहरीले १० बजे बन्द गराउँछ भन्ने हामीलाई थाहा नै थियो, हाम्रा साथीहरू खाना खाँदै थिए, अरु त्यस्तो कसलाई डिस्ट्रब गरेको पनि थिएन । तर एक्कासि आएका प्रहरीहरूले बन्दुक देखाएर तर्साउनुको उद्देश्य के रहेछ, यो त राम्रो होइन । एक जना हाम्रो कर्मचारीलाई गाडी मै हालेर चौकी भित्र नै लगेछन् । त्यस्तो त हामिले के नै गरेका थियौँ र ?’
यता इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी गंगा बहादुर थापाले राती १० बजेपछि प्रहरीले होटलहरू बन्द गराउने गरेको तर जुस सेन्टरमा त्यसरी जबर्जस्ती बन्द गराउन नहुने र प्रहरीको तर्फबाट केही कमजोरी भएको स्वीकार गरे ।
उनले भने,’ हाम्रो तर्फबाट गएका प्रहरीहरूलाई राती नै मैले भनिसकेको थिए जुस सेन्टर आफैं बन्द गरिहाल्छन् किन बन्द गराउन दबाब दिएको भनेर , तर त्यस्तो विवाद गरि हाल्नु पर्ने थिएन ।’ प्रहरीले राती १० बजेपछि यहाँका होटलहरू बन्द गराउने गरेको छ ।