अत्तरियामा रहेकाे दुर्गा मन्दिर क्षेत्रमा सरसफाई 

अत्तरिया- कैलालीको अत्तरियामा रहेकाे दुर्गा मन्दिर क्षेत्रमा सरसफाई गरिएको छ । आज (बुधबार) नेपाल मानव धर्म सेवा समिति सेती क्षेत्र आश्रम अत्तरिया कैलाली र सशस्त्र प्रहरी बल ७ नम्बर बैद्यनाथ बाहिनीले मन्दिर क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। 

Navadurga sun
Godawari sandesh

नेपाल मानव धर्म सेवा समितिका सेती क्षेत्र प्रमुख महात्मा क्षमा वाइजीको नेतृत्वमा सरसफाई कार्यक्रममा मानव धर्म सेवा समितिले सशस्त्र प्रहरीसँग मिलेर सरसफाई गरेको हो । मानव धर्म सेवा समिति अहिले २७ वटा देशमा चलि रहेको छ। 

Dadeldhura hospital

सशस्त्र प्रहरी बलका सुबेदार मेजर दिपेन्द्र रावलले सशस्त्र प्रहरी बल नेपालले नियमित रुपमा सामाजिक कार्यहरू गर्दै आएको बाहिनी तथा मातहतका युनिटहरुले मासिक कार्यतालिका बमोजिम सामाजिक कार्यहरू गर्दै आएको यस अन्तर्गत सरसफाई लगायत अन्य सेवाहरू जस्तै रक्तदान, दैवी प्रकोप इत्यादि सेवाहरू दिँदै आएको बताएका हुन ।

मानव धर्म समाजका कर्वीर बोहराले मन्दिर सरसफाई गर्नु सामाजिक कार्य भएकोले मानव धर्म सेवा समाजबाट आजको कार्यक्रम गरेको बताए । मानव धर्मले गरेको यस कार्यक्रमको समाजमा सकारात्मक सन्देश जाने समेत बताए । 

कार्यक्रममा मानवधर्म र सशस्त्र प्रहरी बलहरू लगाएर ५०-६० जना स्वयंसेवकहरूले सरसफाई गरेका थिए ।

Loading...