माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक गितादेवी माल बनिन्

अत्तरिया- नेकपा माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक गितादेवी माल बनेकी छन् । सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दल प्रमुख सचेतकमा माल चयन भएकी हुन् ।

Dadeldhura hospital

उपनेता अक्कलबहादुर रावलका अनुसार संसदीय दलको बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेको हो ।

Navadurga sun
Godawari sandesh

प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेको जानकारी प्रदेश सभा सचिवालयलाई गराइसकेको छ ।

यस अघि माओवादीको प्रमुख सचेतकमा मान बहादुर धामी थिए । उनी संसदीय दलको नेता भएपछि प्रमुख सचेतक पद खाली थियो ।

Loading...