


अत्तरिया- कैलालीमा ९ लाख मूल्यको अवैध सामान बरामद गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१७ पटेला लगायत जिल्लाका बिभिन्न स्थानमा रहेका भारतिय नाकाबाट भन्सार छलीका सामान बरामद गरेको हो ।


करिब ९ लाख ५८० मुल्यको सुट, भाईरल सारी, बिभिन्न ब्रान्डका सारी, गम्छा, कुर्ती, धोती, मोबाईलका बिभिन्न पाटपुर्जाहरु, मोबाईल मर्मत गर्ने मेसिन, घडी, पावरबैंक, र साईकल लगायतका सामान वेवारिसे अवस्थामा फेलापारी आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको जनाइएको छ ।





