अत्तरिया- अनेरास्ववियुले सुदूरपश्चिम विश्वविद्यालयको राष्ट्रिय कमिटीले संयोजक, सहसंयोजक र सचिवको जिम्मेवारी तोकेको छ । संयोजकको जिम्मेवारी राजेन्द्र रावललाई दिएको छ ।


अनेरास्ववियुको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीका इन्चार्ज रोहित बमले लामो समय देखि नेतृत्वविहीन रहेको भन्दै रावललाई संयोजकको जिम्मेवारी दिइएको जानकारी दिएका छन् ।

रावल यस अघि विश्वविद्यालय कमिटीको कार्यसमिति सदस्य थिए । कमिटीको सहसंयोजकमा सुरेन्द्र जोशी र सचिवको जिम्मेवारी गणेश नाथ योगीलाई तोकिएको छ । गत निर्वाचनमा सुदूरपश्चिम विश्वविद्यालयका अनेरास्ववियु संयोजक चेतन अयडीको हत्या भएपछि कमिटी नेतृत्वविहीन अवस्थामा थियो ।
संयोजक, सहसंयोजक र सचिवको जिम्मेवारी तोकेको राष्ट्रिय कमिटीले चाँडै कार्य समितिलाई पूर्णता दिइने जनाएको छ ।
