विश्व युवा दिवसमा प्रदेश युवा समिति द्वारा रक्तदान

धनगढी- अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन काग्रेस सुदूरपश्चिम प्रदेश युवा समितिको आयोजनामा धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

Ganyapdhura gau

रक्तदान कार्यक्रमको कार्यक्रमका प्रमुख अतिथि, नेपाली काग्रेसका महामन्त्री एंव सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले उद्‌घाटन गरेका थिए ।

Navadurga sun
Dadhaldhura pur

उक्त अवसरमा कार्यक्रममा प्रदेश युवा समितिका अध्यक्ष हरि सिंह भण्डारीले सामाजिक मन्त्री खड्का समक्ष श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नु पर्ने, श्रमिकको प्रत्येक ६-६ महिनामा स्वास्थ्य परिक्षण गराउनु पर्ने, श्रमिक परिचयपत्रको ब्यवस्था गर्नुपर्ने, श्रमिक बैँकको स्थापना गर्नुपर्ने, ट्रेड युनियनका लागि क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्नुपर्ने, श्रमिक बिमा हुनुपर्ने, श्रम ऐन नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने लगायतका माग सहित ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री खड्काले सबैको सहयोग, समन्वय र सहकार्यमा श्रम सम्बन्धी ऐन कानुनको प्रभावकारी कार्यान्वयन र नयाँ नीति तथा कार्यक्रम ल्याईने बताए । कार्यक्रमकी विशिष्ट अतिथि एंव सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले श्रमिक सवालमा थुप्रै समस्या रहेको बताउँदै आफूले ती समस्या समाधान गर्नमा पहल गर्ने बताए ।

कार्यक्रम नेपाल ट्रेड युनियन काग्रेसका प्रदेश अध्यक्ष ज्ञानेन्द्र बहादुर शाह लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन ट्रेड युनियन काग्रेस कैलालीका सचिव डबल बमले गरेका थिए । उक्त अवसरमा १७ जनाले रक्तदान गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...