डोटेली चलचित्र ‘परु’को शुभ मुहूर्त

अत्तरिया- सुदूरपश्चिमको कला, साहित्य, संस्कृति र भाषिकाको संरक्षण तथा सम्वद्र्धन गर्न तथा यहाँको मौलिकता बचाउन डोटेली भाषिकामा निर्माण भइरहेको चलचित्र ‘परु’ को छायाङ्कन सुरुवात भएको छ।

Ganyapdhura gau

एक भव्य कार्यक्रमका बिच ‘परु’को शुभ मुहूर्त गरेर छायाङ्कन सुरुवात गरिएको हो । शुभ मुहूर्त कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी एन जोशीले आफ्नो भाषा, कला, साहित्यलार्ई जगेर्ना गर्न यहाँका कलाकार तथा कला प्रेमीहरू जुरमुर्‍याएको बताए।

Navadurga sun
Godawari sandesh

उनले भने,‘पछिल्लो समयमा सुदूरपश्चिममा डोटेली चलचित्रहरू निर्माण भइरहेका छन्, जुन खुसीको कुरा हो ।’ सुदूरपश्चिममा चलचित्र छायाङ्कनका लागि राम्रा तथा मनमोहक ठाउँ रहे पनि छायाङ्कनका लागि कमै मात्र निर्माताको ध्यान जाने गरेकोमा यहीका लगानीकर्ताले सुदूरको भूगोल सुहाउँदो चलचित्र यहीँका पर्यटकीय क्षेत्र छनोट गरेर छायाङ्कन गर्दा भाषा, कला, साहित्यसँगै यहाँको पर्यटकीय क्षेत्रको विकास हुनेमा डा. जोशीले खुसी व्यक्त गरे ।

Dadeldhura hospital

यस्तै कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ नेपाल धनगढीका उपाध्यक्ष विवेक नागरीले सुदूरपश्चिममा चलचित्र निर्माण गर्ने कलाकारलाई प्रदेश सरकार तथा स्थानीय तहले पनि सहुलियत दिनुपर्ने बताए । ‘पछिल्ला समयमा धनगढी लगायत सुदूरपश्चिममा चलचित्र क्षेत्रमा लहर छाएको छ,’ उनले भने,‘यो यहाँका कलाकार तथा चलचित्रकर्मीका लागि खुसीको कुरा हो ।’

चलचित्रका माध्यमबाट डोटेली भाषा, कला र संस्कृतिको जगेर्ना हुनुका साथै लोप हुँदै गएका भेष भूषा र सुन्दर पर्यटकीय क्षेत्रको प्रचार प्रसार पनि हुने उनले बताए ।

चलचित्रमा डोटेली भाषा संस्कृति झल्कने र त्यसले यहाँको भाषिका बिर्सँदै गएको युवा पुस्तालाई आकर्षित गर्ने विश्वासका साथ परु चलचित्र जन्मिएको निर्माता सौगात सुनारले बताए । ‘परु’ सुदूरपश्चिमका ९ वटै जिल्लामा छायाङ्कन हुने निर्माता सुनारले बताए । उदयसिंह बोहराको निर्देशनमा छायाङ्कन हुन थालेको परु फिल्म शिखर आर्ट्स प्रालिको ब्यानरमा निर्माण हुने बताइएको छ ।

फिल्ममा राजकुमार जोशी, गुणाकर पनेरु, गुड्डु ओली, कोपिला सिंह ठकुरी, पुष्पा बडैला, दीर्घ शाही लगायतका कलाकारले अभिनय गर्ने छन् । चलचित्रमा गुणाकर पनेरुको कथा, संवाद तथा गीत सङ्गीत रहेको छ ।

Couple
Loading...