नेपालतर्फको घट्नास्थल हेर्न छानबिन समिति हेलिकप्टरमार्फत माल पुग्यो

दार्चुला,२२ साउन : महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत व्याँसको माल पुगेको छ । बिहीबार भारतीय बाटो हुँदै घट्नास्थल पुगेको छानबिन समितिको टोली नेपालतर्फको घट्नास्थल हेर्न हेलिकप्टरमार्फत आज त्यहाँ पुगेको हो । व्याँस गाउँपालिका २ मालघाटको स्थलगत निरीक्षण गर्न तथा पीडित परिवारसँग छलफल गर्न टोली गएको हो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली गत मंगलबार देखि दार्चुलामा छ । साउन १५ गते माल गाउँबाट सदरमुकाम खलंगा आउने क्रममा जयसिह महाकाली नदीमा वेपत्ता भएका थिए ।

Dadeldhura hospital

प्रत्यक्षदर्शीले भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन फुकालिदिदा धामी वेपत्ता भएको बताएपछि घट्ना अन्तर्राष्ट्किरण भएको छ । घट्नाको अनुसन्धान गर्न दबाब बढेपछि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

Navadurga sun
Godawari sandesh

छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।

Loading...