
अत्तरिया- कैलालीबाट वन र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । वन मुद्दामा ६ हजार ९ सय जरिवाना तोकिएको टीकापुर नगरपालिका–५ बस्ने ३५ वर्षीय झपटसिह बिक र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–१ बस्ने ४८ वर्षीय भक्तबहादुर बुढामगर सोमवार पक्राउ परेका छन् ।


जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरीवाना ठहर गरेपछि दुबै जना फरार रहेका थिए । दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।