कञ्चनपुरमा बाख्राको खोरभित्र आठ किलोको अजिंगर फेला

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरमा शनिबार दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ । स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिंगर फेला परेको हो ।

Dadeldhura hospital

आठ किलो तौल भएको अजिंगरको लम्बाइ तीन मिटर बढी रहेको वडा सदस्य डबलबहादुर ऐरले बताए । “अजिंगर बाख्राको खोरभित्र रहेको जानकारी प्राप्त हुनासाथ सुरक्षितसाथ समातेर बोरामा राख्यौँ,” उनले भने, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अजिंगर फेला परेको जानकारी दियौँ। त्यसपछि आइपुगेको निकुञ्जको टोलीलाई समातेको अजिंगरसहितको बोरा दियौँ ।”

Navadurga sun
Godawari sandesh

उद्धार गरिएको अजिंगरलाई कर्मचारीले निकुञ्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन् । अजिंगर सनवोरा नदी हुँदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुन सक्ने स्थानीय बासिन्दा हरिदत्त भट्टले बताए । उनका अनुसार, गत वर्ष पनि सोही क्षेत्रनजिकबाट अजिंगरको उद्धार गरी निकुञ्जका कर्मचारीलाई बुझाइएको थियो । रासस

Loading...