कञ्चनपुरको दोधारा चाँदनीका बाढीग्रस्त क्षेत्रको निरीक्षण

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीग्रस्त क्षेत्रको निरीक्षण गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव सुरत कुमार बम नेतृत्वको टोलीले शुक्रबार उक्त क्षेत्रका बाढीग्रस्त स्थानहरूको स्थलगत निरीक्षण गरेको हो । टोलीले नगरपालिकाको वडा नं. ३ पटराखल्ला, वडा नम्बर ८ सुन्दरनगर र वडा नम्बर १० को १८ नम्बर पिल्लर बस्तीको स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिँह रावल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको पनि सहभागिता रहेको थियो । जोगबूढा नदीको कटानको दीर्घकालीन समाधानका सम्भावना पहिल्याउन जनप्रतिनिधि सहित प्राविधिक टोलीले निरीक्षण गरेको बताईएको छ ।

Navadurga sun

बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि उनीहरूलाई राहत क्षतिपूर्ति पुर्नस्थापनाको लागि सरकारले योजना बनाउने आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले बताए ।

पूर्व मुख्यमन्त्री रावलले मन्त्रालयको सचिवसहितको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेपछि दीर्घकालीन समस्या समाधानको लागि नीति बनाइने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...