अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा भोली (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले आज (बिहीबार) एक सूचना जारी गर्दै थारू समुदायले मनाउने गुरही पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको हो ।



नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्वारा जारी सूचनामा नगर कार्यपालिकाको यही साउन ११ गते बसेको ११४ औं कार्यपालिका बैठकले १ दिन स्थानीय बिदा दिने निर्णय गरेको उल्लेख छ ।
सूचनामा गोदावरी नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, स्वास्थ्य संघसंस्था तथा विद्यालयहरूमा स्थानीय बिदा रहने जनाईएको छ ।
साथै उक्त पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरूमा नगरपालिकाको तर्फबाट शुभकामना समेत व्यक्त गरिएको छ । थारू समुदायमा गुरही पर्व धुमधाम साथ मनाउने प्रचलन रहेको छ ।