मध्यराति किशोरीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा थापा पक्राउ 

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-१० का पदम थापा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । साउन ९ गते राति गोदावरी नगरपालिका-३ की १७ वर्षीया किशोरी लक्ष्मी (नाम परिवर्तन) लाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा थापा पक्राउ परेका हुन् । पीडित किशोरीले प्रहरीमा उजुरी दिएपछि घट्ना अहिले वाहिर आएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले साउन १५ गते थापालाई घरबाटै पक्राउ गरिएको जानकारी दिए । थापाले फेसबुकमा फेक आइडी बनाएर लक्ष्मीसँग कुरा गर्दै आइरहेका थिए ।

Dadeldhura hospital

परिचय लुकाएर कुरा गरिरहेका थापाले साउन ९ गते मध्यराति लक्ष्मीलाई घर बाहिर भेट्न बोलाए । लक्ष्मीलाई बाइकमा राखेर राति झण्डै १ः३० बजे गोदावरी नगरपालिका-१० को मालाखेती जंगलमा पुर्‍याए । थापाले सोही स्थानमा आफ्ना चार जना अन्य साथीहरूलाई समेत बोलाएका थिए ।

थापा सहित उनका अन्य साथिहरुले मालाखेती जंगलमा लक्ष्मीलाई सामूहिक बलात्कार गरेपछि पुनः घरमै ल्याएर छोडे । लक्ष्मीले आफू माथि सामूहिक बलात्कार गर्ने कसैलाई पनि चिनेकी थिइनन् । बलात्कारपछि थापाले पनि फेसबुकबाट ब्लक गरे ।

पीडित किशोरीले प्रहरीमा उजुरी दिएपछि, प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले लक्ष्मी संग कुराकानी गरेको फेक एकाउन्टको इमेल पहिचान गरी थापालाई पक्राउ गर्न सफल भएको एसपी विष्टले बताए ।

Loading...