


कञ्चनपुर- कञ्चनपुरमा पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिका घाईते भएकी छन्। शुक्लाफाटा नगरपालिका–४ आसपुरी स्थित माछा पोखरीमा नुहाउने क्रममा सोही ठाउँकी १३ वर्षीया बिपना चुनाराको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।



सोही ठाउँकी १३ वर्षीया दिविका सुनारलाई घाईते अवस्थामा उद्दार गरीएको प्रहरीले जनाएको छ । उनको अहिले उपचार भईरहेको छ ।


यस्तै भीमदत्त नगरपालिका–१९ बागँफाटा स्थित वडा नम्बर १९ को कार्यालय पछाडी रहेको पानीको तलावमा सोही ठाउँ बस्ने ५ वर्षीय सुर्जित रानाको मृत्यु भएको छ ।
रानालाई डुबिरहेको अवस्थामा उनको आमाले घाईते अवस्थामा फेला पारी उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा बुधवार चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मञ्चनपुरले जनाएको छ ।





