
धनगढी- कैलालीको धनगढीमा खोलामा हाम फालेका एक जना मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटान बस्ने ५३ वर्षीय बिन्दु चौधरीले मंगलबार साँझ सुकुटीखोलामा हाम फालेका थिए ।


उनले हाम फालेको खोलाको छेउमा साइकल भेटिएपछि खोजतलास गर्ने क्रममा बुधबार करीब पाँच सय मिटर तल शव फेला परेको प्रहरीले जनाएको छ । चौधरी मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको छ ।