दुर्घटनाग्रस्त हेलिकप्टरमा को–को थिए यात्रु ? (सूची)

Dadeldhura hospital

काठमाडौँ- बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको -एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।

चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला)जेमिङ सी (पुरुष) रहेका छन् । हाल सम्म चार जनाको शव फेला परेको बताइएको छ ।

Loading...