
बझाङ- बझाङबाट बेपत्ता भएका ३ बालिका डडेल्धुरामा भेटिएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका–७ छ्यालाकी १६ वर्षीया रजनी वि.क., १५ वर्षीया निरा विक र अन्दाजी १३ वर्षीया अनिशा वि.क. सोमबार डडेल्धुरामा भेटिएका हुन् ।



तीनै जना डडेल्धुराको भातकाडामा हिँडिरहेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनीहरु आइतबार साउन २० गते घरबाट विद्यालय जान्छु भनि हिँडेका थिए ।




