विश्व हिन्दु महासङ्घको आयोजनामा खैरानामा रहेको नवकुञ्ज शिव मन्दिरमा धार्मिक कार्यक्रम

अत्तरिया- विश्व हिन्दु महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा श्री नवकुञ्ज शिव मन्दिर बास्कोटा खैरानामा श्री रामचरितमानस, अखण्ड पाठ, रुद्रि पाठ, भजन, प्रवचन तथा होम गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम आज सोमबार देखि सुरु गरिएकाे कार्यक्रम भाेली २२ गते सम्पन्न हुने महासंघले जनाएको छ ।

Dadeldhura hospital

कार्यक्रममा यस क्षेत्रका सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूलाई आयोजक तथा  प्रदेश कमिटी अध्यक्ष राम प्रशाद जोशीले निमन्त्रणा गरेका छन् । उनले विश्व हिन्दु महासङ्घ नेपालको सँगठन बिस्तार तथा निकट भविष्यमा गोदावरीमा लाग्ने अति रुद्रि महायज्ञको तयारी तथा प्रचार प्रसार समेत गर्ने र धार्मिक जागरण गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए।

श्री नबकुञ्ज शिव मन्दिर बास्कोटा खैरानाका अध्यक्ष टिका दत्त जोशीका अनुसार साउन महिनाको सोमबार हिन्दु धर्मावलम्बीहरूको भगवान् शिवको पुजा गर्ने परम्परा रहि आएको छ त्यसैले आज विश्व हिन्दु महासङ्घले धार्मिक कार्यक्रम गरि धर्मावलम्बीहरूलाई सेवा दिएको हो । उनले जनताको नैतिक र चारित्रिक विकासका लागी यस्ता धार्मिक कार्यक्रमहरू आफूहरूले पनि गर्दै जाने बताए ।

Loading...