अत्तरियाका ब्युटिसियनहरुलाई मास्टर नेल आर्ट तालिम

अत्तरिया- कैलालीको अत्तरियाका ब्युटिसियनहरुलाई मास्टर नेल आर्ट तालिमको आयोजना गरिएको छ ।

Dadeldhura hospital

सुदूरपश्चिम ब्युटीपार्लर एसोसियसन शाखा अत्तरियाले इन्टरनेशनल जुनु मेकअप स्टुडीयोको सहयोगमा १५ दिने मास्टर नेल आर्ट तालिमको आयोजना गरेको हो ।

उक्त तालिमको शाखाकी अध्यक्ष दिपीका कुँवर हमालको अध्यक्षतामा आज एक कार्यक्रमका बिच ब्युटीपार्लर एसोसियसन धनगढीकी पूर्व अध्यक्ष एवम् वरिष्ठ ब्युटिसियन निशा सिंहले उद्घाटन गरेकी हुन् ।

भदौ ५ गतेसम्म सञ्चालन हुने तालिममा ३० जना प्रशिक्षार्थी रहेका छन् । तालिममा शशिकला राईले प्रशिक्षण गर्ने छिन् ।

Loading...