आइतबार सुदूरपश्चिमले नयाँ मुख्यमन्त्री पाउने

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी पदमुक्त भए सँगै नयाँ सरकार गठनको तयारी थालिएको छ । शुक्रबार प्रदेश प्रमुख नजिर मियालाई राजिनामा बुझाए सँगै नयाँ सरकारका लागी दावी पेश आह्वान गरिएको छ ।

आइतबार ५ बजेभित्र नयाँ सरकारको दावी पेस आह्वान भए सँगै नयाँ सत्ता समिकरणकाल एमाले र काग्रेंस सरकार गठनको तयारीमा जुटेका हुन् । शुक्रबार मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले प्रदेशसभामा सम्बोधन गर्दै राजिनामाको घोषणा गरेका थिए ।

त्यस लगत्तै सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा पत्र बुझाएका हुन् । सोडारीको राजिनामा सँगै प्रदेश प्रमुख मियाँले आइतबार ५ बजे भित्र नयाँ सरकारको दावी पेस आह्वान गरेका छन् । यस सँगै नेपाली काग्रेंस र नेकपा एमालेले नयाँ सरकार बनाउनका लागी आन्तरिक तयारी गरेका हुन् ।

नेपाली काग्रेंसबाट ४ जना मुख्यमन्त्रीका आकाक्षीं देखिँदा समस्या निम्तिएको छ । काग्रेंसबाट पुर्व मुख्यमन्त्री कमल शाह, पुर्व मन्त्री प्रकाश देउवा, सांसदहरु बहादुर सिहं थापा र देवान सिहं बिष्ट मुख्यमन्त्री बन्न दौडधुपमा छन् । प्रदेशका नेताहरु केन्द्रको निर्णय पर्खिएका छन् । केन्द्रबाट निर्देशन आए लगत्तै मुख्यमन्त्रीका लागी दावी पेस गर्ने नेताहरुको भनाई छ ।

Dadeldhura hospital

मुख्यमन्त्री दीर्घ सोडारी जीले राजिनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकारको आह्वान गर्नुभएको छ काग्रेंस ससंदिय दलका नेता समेत रहेका पुर्व मुख्यमन्त्री कमल बहादुर शाहले भने “केन्द्रको निर्देशन अनुसार प्रदेश प्रमुख ज्युले दिएको समयमै हामी दावी पेष गर्छौँ, केन्द्रबाट जुन निर्देशन आउँछ हामी सर्वसम्मतले उहाँकै नाममा निर्णय गरेर दावी पेष गर्छौँ ।” यता नेकपा एमालेपनि नेपाली काग्रेंसको निर्णय पर्खिएको छ ।

केन्द्रमा भएको सहमती अनुसार सुदूरपश्चिम प्रदेशको नेतृत्व काग्रेंसको भागमा परेपछि एमालेले काग्रेंसले अघी सारेको उमेदवारलाई समर्थन गर्ने छ । काग्रेंसले मुख्यमन्त्रीको नाम टुग्यांए लगत्तै एमालेले मन्त्रीको नाम टुग्यांउने तयारी गरेको छ । सके सम्म मुख्यमन्त्री सँगै अन्य मन्त्रीहरुको समेत सपथ गराउने तयारी छ ।

काग्रेंसले मुख्यमन्त्रीको उमेदवार टुग्यांओस हामी मन्त्री पठाउन तयार छौँ एमाले ससंदिय दलका नेता समेत रहेका पुर्व मुख्यमन्त्री राजेन्द्र सिहं रावलले भने “नैतिकता नभएको सरकारले ३० दिन पुरा गरेर सरकार छोडेको छ, अब नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ, काग्रेंसको भागमा मुख्यमन्त्री परेकाले त्यहाँबाट उमेदवार तय भए सँगै हामी समर्थन जनाउने छौँ र मन्त्री समेत पठाउन तयार छौँ ।”

मुख्यमन्त्री सहित ७ मन्त्रालय रहेको सुदूरपश्चिममा काग्रेंसले मुख्यमन्त्री सहित ३, एमालेले ३ र १ मन्त्रालय नागरिक उन्मुक्तीले पाउने सम्भावना छ । काग्रेंसबाट सभापति शेर बहादुर देउवाका भतिजा समेत रहेका पुर्व मन्त्री प्रकाश देउवाको सम्भावना बढी रहेको निकटका नेताहरु बताउँछन् ।

यद्यपी केन्द्रको निर्देशन आउन बाँकी छ । केन्द्रिय निर्देशन आए सगैं ससंदिय दलले निर्णय गरी आइतबार दावी पेसको तयारी थालिएको छ । सुदूरपश्चिम प्रदेशसभामा नेपाली काग्रेंसका १८, एमालेका ११, माओवादीका सभामुख सहित ११, नागरिक उन्मुक्तीका ७, नेकपा एकिकृत समाजवादीका ४, राप्रपाका १ र १ स्वतन्त्र सहित ५३ सदस्य छन् ।

Loading...