अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित पहाड रोडमा बेहोस अवस्थामा फेला परेका युवकको मृत्यु भएको छ ।
बैतडी जिल्ला सुर्नाया गाउँपालिका वडा नम्बर ४ घर भएका अन्दाजी २४/२५ वर्षीय राजेश साउँदको मृत्यु भएको हो ।

शनिवार साढे ११ बजे बेहोस भेटिएका साउँदको उपचारको क्रममा १ : ५५ मा अत्तरियाको पद्मा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
