घट्यो बोईलर कुखुराको मासुको भाउ

हरिश चन्द/डडेल्धुरा १८ साउन । व्यापारमा प्रतिष्पर्धा हुँदा साउन दास्रो सातायता पहिलो पटक कुखुराको मासुको भाउ घटेको छ । व्यापारमा प्रतिष्पर्धा हुँदा शुक्रबार देखि लागु हुने गरी प्रतिकिलो १५० रूपैयाँले मासुको भाउ घटाइएको उपभोक्ताले जानकारी दिएको छ ।

कुखुराको मासुको मूल्य कुनै दररेट नहुँदा हप्तामा तिन पटक सम्म कुखुराको मासु घट्दै आएको हो । अहिले घरायसीसँगै व्यावसायिक खपत घट्नुका साथै व्यापारमा प्रतिष्पर्धा हुँदा मासुको मूल्य घटाइएको व्यापारीले जानकारी दिए । 

’साउनमा धेरै जसोले मासु खाँदैनन् । बिहेको लगन पनि नभएकाले पार्टी प्यालेसमा पनि खपत छैन,’ व्यापारीले भने, ’त्यसैले उत्पादन बढी भएर मूल्य घटाइएको हो ।’ बोइलर कुखुराको मासुमा जिल्लामा एक रूपता भने छैन ।

अहिले उत्पादनको ३० देखि ३५ प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ । मूल्य घटेसँगै ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ र मासुको मूल्य प्रतिकिलो २ सय ९० देखि ३०० रुपैयाँ छ । यस अघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँ र मासुको मूल्य प्रतिकिलो ४ सय ५० देखि ४ सय ८० रुपैयाँ थियो ।

Loading...