धनगढीमा बृहत् रक्तदान महोत्सव आयोजना गरिने

धनगढी- कैलालीको धनगढीमा १३ औँ बृहत् रक्तदान महोत्सव आयोजना गरिने भएको छ । साउन २६ गते धनगढीमा बृहत् रक्तदान महोत्सव आयोजना हुन लागेको हो ।

विगतका वर्षहरू झैँ बैतडी समाज कैलालीले “रक्तदान जीवनदान” भन्ने मूल मर्मलाई लिएर रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

१३औँ बृहत् रक्तदान महोत्सवको आयोजना उत्तरबेहडी स्थित पदमा हेल्थ नर्सिङ कलेजको प्राङ्गणमा गर्ने तयारी गरेको रक्तदान कार्यक्रम संयोजक वीर बहादुर महराले बताए ।

स्थापना काल देखि बर्सेनि २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजले यस अघि १२ पटक रक्तदान कार्यक्रम सम्पन्न गर्दा १ हजार ७५ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेको बताए ।

संयोजक महराले उक्त रक्तदान कार्यक्रममा पनि धनगढीमा रहनु हुने सम्पूर्ण स्वयम् सेवी रक्तदाताहरूलाई रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गरी कार्यक्रम सफल तुल्याउन अनुरोध गरेका छन् ।

Loading...