गेटामा घाइते फेला परेकी महिलाको उपचारका क्रममा मृत्यु

Dadeldhura hospital

अत्तरिया- कैलालीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–५ गेटा मेडीकल कलेज नजिक नाम, थर र वपतन नखुलेकी घाइते अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको हो।

अन्दाजी ३५ वर्षकी महिला टाउको पछाडीको भागमा चोट लागेर घाईते अवस्थामा फेला परेकी थिइन् । अत्तरीयामा रहेको पदमा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी सेती प्रादेशिक अस्पतालमा पठाएकोमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

Loading...