कैलालीको त्रिनगर नाका हुँदै आउने पेट्रोलियम पदार्थ आयात घट्यो

अत्तरिया- कैलालीको त्रिनगर नाका हुँदै आउने पेट्रोलियम पदार्थ आयात घटेको छ । २०७९/०८० को तुलनामा गत आर्थिक वर्ष २०८०/०८१ मा त्रिनगर नाका हुँदै आयात हुने पेट्रोल र डिजेल कम आयात भएको हो। स्वदेशमा उपभोग कम हुन थालेपछि आयात घटेको छ ।

Ganyapdhura gau

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आर्थिक वर्ष २०८०/०८१ मा करिव १० हजार किलो लिटर डिजेल र दुई हजार किलोलिटर पेट्रेल कम आयात भएको छ ।

Navadurga sun
Godawari sandesh

उनका अनुसार आर्थिक वर्ष २०७९/०८० को अवधिमा ८४ हजार एक सय ६० किलो लिटर डिजेल र २७ हजार तीन सय १२ किलो लिटर पेट्रोल आयात भएको थियो । तर गत आर्थिक वर्ष २०८०/०८१ को अवधिमा डिजेल ७४ हजार आठ सय किलोलिटर र पेट्रेल २५ हजार तीन सय ४४ किलो लिटर आयात भएको छ ।

Dadeldhura hospital

पेट्रेलियम पदार्थको आयात घट्दा वार्षिक राजस्व संकलन लक्ष्य पनि प्रभावित भएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा डिजेल बाट तीन अर्ब ४९ करोड ७९ लाख ३२ हजार रुपैयाँ र पेट्रेलबाट एक अर्ब ५५ करोड ७० लाख ८७ हजार पाँच सय ९७ रुपैयाँ बराबरको राजश्व संकलन गरेको थियो ।

गत आर्थिक वर्ष २०८०/०८१ मा डिजेलबाट तीन अर्ब ६ करोड आठ लाख ९८ हजार चार सय ६३ रुपैयाँ र पेट्रोलबाट एक अर्ब ४५ करोड १२ लाख ९४ हजार सात सय १७ रुपैयाँ राजस्व संकलन भएको छ । सूचना अधिकारी खड्काका अनुसार बैँक, वित्तिय संस्थाहरुले ऋण दिन छोडेकाले गर्दा पनि पूँजीगत खर्च कम हुँदा आयातमा कमी आएको छ ।

युवाशक्तिहरु विदेश पलायनले गर्दा पनि मागमा कमी आएको हुन सक्ने उनले बताए । उद्योग, कृषि र यातायात लगायतका संस्थाहरुमा आर्थिक मन्दीमा गएकाले गर्दा पनि कमी आएको उनको भनाइ छ । सुदूरपश्चिम पेट्रोेलियम डिलर्स एशोसेसनका प्रादेशिक अध्यक्ष सञ्जयकुमार पन्तले निर्माण कम्पनीले समयमै भुक्तानी नपाउँदा पनि निर्माणका कामहरु कम भइरहेकाले गर्दा पेट्रोलियम पदार्थ आयातमा कमि आएको बताए ।

उनले खेतीयोग्य जमिनमा किसानहरुले विद्युतीय मोटरको प्रयोग गर्नाले पेट्रोलियम पदार्थमा कमी आएको बताए । बेला–बेलामा पेट्रोलियम प्रदार्थको मूल्य बढ्नाले पनि उपभोग कम हुने गरेको उनको भनाइ छ । नेपाल आयल निगम लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरिदत्त जोशीले भने, ‘पेट्रोलको हकमा ईभि (विद्युतीय सवारी साधन) हो भने डिजेलको हकमा आर्थिक मन्दिको कारणले उद्योगधन्दा कलकारखाना सञ्चालन हुन सकेनन्, त्यसले गर्दा माग कम भयो ।’

पेट्रोलको सात सय ६० किलो लिटर क्षमताको एउटा ट्रयाक्की र डिजेलको सात सय ६० किलो लिटरको दुई वटा ट्रयाक्की रहेको उनले बताए । पेट्रोलियम पदार्थ मौज्जादमा कुनै समस्या नरहेको उनले बताए ।

Loading...