जापानी खोपको पहिलो  लट शनिबारसम्म आइपुग्ने

काठमाडौं, २१ साउन- जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो लट आगामी शनिबार र दोस्रो लट आइतबार राजधानी ल्याइने भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

आज र भोलि जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गरी जनाएको छ ।बाँकी खोप सम्बद्ध निकायहरूसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल ल्याइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा नेपाल सरकारले थालेको कोभिड-१९ खोप अभियानमा जापान निर्मित अस्ट्रा जेनिका खोप उपयोग हुने विश्वास नेपालका लागि जापानका राजदूत किकुटा युराकाले व्यक्त गर्नुभएको छ ।

Navadurga sun
Godawari sandesh

महामारीको वर्तमान कठिन परिस्थितिमा नेपाल सरकारसँग हातेमालो गर्दै धेरैभन्दा धेरै नेपालीको जीवनरक्षा तथा महामारीपछिको सामाजिक एवं आर्थिक पुनरुत्थानमा सहकार्य गर्न जापान तयार रहेको राजदूत किकुटाले विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Couple
Loading...